दफा २४क
प्रचलित कानुन बमोजिम हुने
२४क.यस ऐनमा लेखिएको जति कुरामा यसै ऐनबमोजिम र अन्यमा प्रचलित कानुनबमोजिम हुनेछ ।
२४ख.मुद्दा सर्नेः (१) दफा २४ बमोजिम समिति विघटन भएमा समितिमा कारबाही भई छिन्न बाँकी मुद्दाहरु सम्बन्धित जिल्ला अदालतमा र दफा २० अन्तर्गत गठित पुनरावेदन समितिमा कारबाही भई छिन्न बाँकी मुद्दाहरु सम्बन्धित उच्च अदालतमा सर्नेछन्।
(२) समितिले दिएको सजाय उपर ऐन बमोजिमको पुनरावेदन समितिमा पुनरावेदन लाग्ने रहेछ भने त्यस्तो पुनरावेदन सोही ऐनले तोकेको म्यादभित्र सम्बन्धित उच्च अदालतमा गर्न सकिनेछ।
(३) समितिको हक, दायित्व नेपाल सरकारमा सर्नेछ र कागजात तथा अभिलेख नेपाल सरकारले तोकेको निकाय वा कार्यालयमा सर्नेछ।